शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत तर्फ निर्यात

शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत तर्फ निर्यात

केन्द्रबिन्दु
0
Shares

शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी राष्ट्र भारत तर्फ निर्यात सुरुवात गरेको छ। उद्योग परिसरमा आयोजित कार्यक्रममा शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रुपमा रिवन काटी निर्यातको सुरुवात गरेका हाे।

उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको यस क्लिङ्कर तथा सिमेन्टमा उच्चस्तरिय चुनढुङगा समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परिक्षणबाट स्विकृति भई निर्यात गर्न सफल भएको कम्पनीले जनाएको छ।

माघ २०७८ बाट व्यवसायिक उत्पादन सुरुवात गरको यस उद्योगको क्षमता ३००० मे.ट. रहेको छ। व्यवसायिक घराना शंकर ग्रुप, गोल्छा ग्रुप तथा अम्बे ग्रुपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित यस उद्योगले ओपीसी (५३ ग्रेड,४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ।

Skip This
Skip This
Logo