डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ मा विजेतालाई पुरस्कार प्रदान

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ मा विजेतालाई पुरस्कार प्रदान

केन्द्रबिन्दु
0
Shares

“हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत धनगढीका आनसिंह बोहराले जितेकाे पुरस्कार रकम हस्तान्तरण गरिएको छ। एक कार्यक्रमको आयोजना गरि बोहरालाई डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले नगद रु एक लाख हस्तान्तरण गरेकाे हाे।

२०८० कार्तिक २० गते सोमबार भएको लक्की ड्र मार्फत धनगढीका आनसिंह बोहराले नगद रु एक लाख जितेका हुन्। डिशहोमले दसैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको थियो। 

उत्साहजनक रुपमा यो योजनाको लाभ उठाई रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुलाई धन्यवाद समेत व्यक्त गरेकाे छ। यस्तै कम्पनिले हरेक हप्ता नगद  जित्न सफल हुने सम्पूर्ण विजेताहरूलाई बधाई समेत दिएकाे छ। निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने र ग्राहकहरुले लाभ उठाउने विश्वास कम्पनीले लिएको छ। 

Skip This
Skip This
Logo