सेयर बिक्री सम्झौताबारे एनसेलले दूरसञ्चार प्राधिकरणलाई पठायाे यस्तो जवाफ [पत्रसहित]

सेयर बिक्री सम्झौताबारे एनसेलले दूरसञ्चार प्राधिकरणलाई पठायाे यस्तो जवाफ [पत्रसहित]

केन्द्रबिन्दु
0
Shares

एनसेल आजियटा लिमिटेडले सेयर बिक्री सम्झौतामा नेपालको कानूनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ ।  

आजियटाले आफ्नो स्वामित्वमा रहेको एनसेलकाे ८० प्रतिशत सेयर स्पेक्ट्रलाईट युकेलाई बेच्ने गरि समझदारी गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले मंसिर १५ गते एनसेललाई पत्र पठाएको थियो । उक्त पत्रको जवाफ दिँदै एनसेलले कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानूनी कर्तव्य पालनमा सधैं जागरुक र कटिबद्ध भएको बताएको हो । 

‘एनसेल आजियटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्य पालनमा सधैं जागरुक र कटिबद्ध भएको प्राधिकरणमा अवगत नै छ ।’ जवाफी पत्रमा भनिएको छ, ‘अत: त्यो पत्रमा उल्लेखित नियमावली र विनियामवलीको पूर्णपालना गर्न सदाझैं एनसेल आजियटा प्रतिबद्ध रहेको व्यहोरा सादर अनुरोध गर्दै नेपाल दूरसञ्चार प्राधिकरण अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री विनयामवली २०७६ को विनियम ५ मा उल्लेखित कागजात संकलन हुनासाथ तत्काल सो कागजातहरु संकलन गरि दूरसञ्चार नियमावलीको २०५४ को नियम १५.१ (ट) र नेपाल दूरसञ्चार प्राधिकरणको सेयर खरिद बिक्री विनियामली २०७६ को विनियम ४ अनुसार त्यहाँ प्राधिकरणसमक्ष सेयर खेरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने व्यहोरा सादर अवगत गराउन चाहन्छौं ।’ 

यस्तो छ प्राधिकरणलाई एनसेलले पठाएको जवाफी पत्र-

\"393175615_1138950553738241_3707053242047658232_n\"

Skip This
Skip This
Logo