एसिया कपमा पाकिस्तानलाई हराउने नेपालको अर्जुन लक्ष्य, जम्ला त कप्तान देव र गुल्सनको जोडी ? [भिडियाे]

एसिया कपमा पाकिस्तानलाई हराउने नेपालको अर्जुन लक्ष्य, जम्ला त कप्तान देव र गुल्सनको जोडी ? [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

एसिसी अन्डर–१९ एसियाकपअन्र्तगत शुक्रबार नेपालले एसियन पावरहाउस राष्ट्र पाकिस्तानको सामना गर्दैछ।

यूएईको आइसिसी एकेडेमी क्रिकेट रंगशाला-२ मा विहान ११ः१५ बजे सुरु हुने खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ।

नेपालले जस्तै पाकिस्तानी टोलीले पनि एसियाकपको तयारीका लागि श्रीलंकाविरुद्ध अभ्यास खेलहरु खेलेको थियो। उक्त अभ्यास खेल पाकिस्तानले ३-२ ले जितेको थियो।

नेपाली अन्डर-१९ टोलीले पाकिस्तानविरुद्ध अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन। यस्तै पाकिस्तान पनि नेपाललाई पहिलो खेलमै हराएर आफ्नो प्रभुत्व कायम राख्ने दाउमा हुनेछ। 

नेपालले पाकिस्तानविरुद्ध अहिलेसम्म ४ खेल खेलेको छ। जसमा अहिलेसम्म एक खेलमा पनि जित निकाल्न सकेको छैन। पछिल्लो पटक नेपाल र पाकिस्तानको भेट सन् २०१६ मा सम्पन्न अन्डर १९-विश्वकपमा भएको थियो।

उक्त खेलमा नेपाल पाकिस्तानसँग सहजै १२२ रनले हारेको थियो। उक्त खेलमा नेपालका लागि अहिलेका सुपरस्टार खेलाडीहरु सन्दीप लामिछाने, कुशल भुर्तेल र आरिफ शेखलगायत खेलाडीहरुले खेलेका थिए। 

नेपाली टोली कप्तान देव खनालको कप्तानीमा अहिले सन् २०१६ भन्दा बलियो र सुगठित देखिन्छ। किनकी जारी वर्ष नेपालले खेलेका १० एकदिवसीय खेलमध्ये कुनैमा पनि हार व्यहोरेको छैन।

शुक्रबार पाकिस्तानविरुद्ध पनि सोही जितलाई निरन्तरता दिँदै अर्को बलियो छिमेकी राष्ट्र भारतलाई पनि हराएर सेमिफाइनल खेल्ने नेपालको एक मात्र लक्ष्य रहेको कप्तान देव खनालले विदाई भन्दा अघिको पत्रकार सम्मेलनमा बताईसकेका छन्।

नेपालले जस्तै पाकिस्तानी टोलीले पनि एसियाकपको तयारीका लागि श्रीलंकाविरुद्ध अभ्यास खेलहरु खेलेको थियो। उक्त अभ्यास खेल पाकिस्तानले ३-२ ले जितेको थियो।

पाकिस्तानी अन्डर–१९ टोलीले उक्त सिरिज जितेता पनि ३ खेलमा पाकिस्तानको ब्याटिङ लाइनअफ धरमराएको थियो। श्रीलंकाविरुद्ध ५ खेलको सिरिज जितेको पाकिस्तानले दोस्रो खेलमा १९५ रन, चौथो खेलमा १८९ रन र पाँचौं खेलमा १२८ रनमात्र बनाउन सकेको थियो।

यसरी हेर्दा पाकिस्तानी टोलीको ब्याटिङमा समस्या रहेको स्पष्ट देखिन्छ जुन नेपाली बलरहरुका लागि राम्रो पक्ष पनि हो। पाकिस्तानी ब्याटिङ लाइअफ कमजोर देखिएता पनि बलिङ भने निकै राम्रो अवस्थामा देखिन्छ। पाकिस्तानका बलर उबेद साह, आराफात मिनहास र नाबेद अहमद खान नेपाली ब्याटरका लागि टाउको दुखाई बन्न सक्नेछन्। 

राष्ट्रिय टोलीबाट खेल्दै आएका अलराउण्डर गुल्सन झाको अन्डर–१९ क्रिकेटमा भएको कमब्याक पाकिस्तानी टोलीका लागि फलामको चिउरा चपाए सरह हुन सक्छ। आक्रामक ब्याटरका रुपमा परिचित गुल्सन झाले हालै सम्पन्न विश्वकप छनोटको फाइनल खेलमा ओमानविरुद्ध बिष्फोटक अर्धशतक बनाएका थिए।

उनको यहि अनुभव पाकिस्तानी टोलीविरुद्ध निकै फलदायी बन्ने देखिन्छ। यसैगरी हालै सम्पन्न एसिसी प्रिमियर कपमा स्पिन बलर दिपेश कंडेलले प्रतियोगितामै सर्वाधिक बढी अर्थात १८ विकेट लिएका थिए। कंडेलकै उत्कृष्ट बलिङ मद्दतमा यूएईविरुद्ध ह्याट्रिक विकेट लिएर नेपाललाई विश्वकपमा छनौट गराएका थिए। 

शुक्रबार पाकिस्तानविरुद्ध पनि नेपालले आफ्नो तीनवटै पक्षमा बलियो प्रदर्शन गर्न सफल भएमा पाकिस्तानी टोलीलाई सहजै हराएर एसियाकप र पाकिस्तानी टोलीविरुद्ध इतिहासमै पहिलो खेल जित्न सफल हुनेछ। 

यसैगरी नेपालको ब्याटिङ लाइनअफ कप्तान देव खनालको वरीपरी घुम्ने गरेको छ । देव खनालको एक्लो प्रदर्शनीमा नेपालले थुप्रै खेलहरु जितेको छ। देव खनाल बाहेक नेपालका लागि पाकिस्तानविरुद्ध अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक बोहोरा र दीपक डुम्रे जस्ता भरपर्दा ब्याट्सम्यानहरुले बलिया प्रदर्शन देखाउन सक्छन् । 

नेपालले वर्ष २०२३ मा खेलेका सबै १० खेलहरुमा तिनवटै पक्ष ब्याटिङ, बलिङ र फिल्डिङमा उच्च प्रदर्शन गरेको थियो। शुक्रबार पाकिस्तानविरुद्ध पनि नेपालले आफ्नो तीनवटै पक्षमा बलियो प्रदर्शन गर्न सफल भएमा पाकिस्तानी टोलीलाई सहजै हराएर एसियाकप र पाकिस्तानी टोलीविरुद्ध इतिहासमै पहिलो खेल जित्न सफल हुनेछ। 

नेपाली टोली कप्तान देव खनालको कप्तानीमा अहिले सन् २०१६ भन्दा बलियो र सुगठित देखिन्छ। किनकी जारी वर्ष नेपालले खेलेका १० एकदिवसीय खेलमध्ये कुनैमा पनि हार व्यहोरेको छैन।

नेपाली टोलीको फर्म र खेलाडीहरुको मनोबल हेर्दा नेपाली टोलीले पाकिस्तानलाई हरसम्भव हराउने प्रयास गर्ने निश्चित देखिन्छ । तर अहिले नै पाकिस्तान र नेपाल बीचको खेल नतिजा यस्तो भन्न सक्ने अवस्था भने छैन।

यू-१९ नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलक राजभण्डारी, आकाश चन्द र दीपक बोहरा।

पाकिस्तानको यू-१९ एसिया कप २०२३ खेल्ने टोलीः शाद बेग(कप्तान–विकेट किपर), अहमद हुसेन, अलि असफन्द, अमिर हुसेन, आराफात मिनहास(उप–कप्तान), अजान अविस, खुबिब खलिल, नजाब खान, नाबेद अहमद खान, मोहमद रैजुल्लाह, मोहम्मद तैयब आरिफ, मोहम्मद जिशान, शहजिब खान, स्यामुअल हुसेन र उबेद साह ।

Logo