कोरोनाले अर्थतन्त्र शिथिल बनाउँदा किन बढ्यो विदेशी सञ्चिती ?

कोरोनाले अर्थतन्त्र शिथिल बनाउँदा किन बढ्यो विदेशी सञ्चिती ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोनाका कारण मुलुकको आर्थिक अवस्था खस्केका बेला विदेशी सञ्चिती भने बढेको छ ।

कोरोनाको प्रभावसँगै आयात घटेको छ । वैदेशिक ऋण सहयोग उल्लेख्य रुपमा भएको छ । बाहिरबाट पेन्सन पनि आइरहेको छ । रेमिट्यान्समा कमी भएको भएपनि निरन्तर रुपमा आइरहेको छ । विदेश घुम्न जाने क्रम रोकिएको छ । जसका कारण विदेशी सन्चिति उल्लेख्य रुपमा बढेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०७६/७७ को १० महिनाको वर्तमान आर्थिक अवस्थाले विदेशी विनिमय सञ्चिती १२ खर्ब रुपैयाँ नाघेको देखाएको छ । १० महिनाको अवधिमा विदेशी विनिमय सञ्चित बढेर १२ खर्ब ३५ अर्ब २५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत साउनमा विदेशी विनिमय सञ्चिती १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार मुलुकसँग भएको विदेशी विनिमय सञ्चितीले १२.२ महिनाको वस्तु आयात र १०. ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहनेछ । अमेरिकी डलरमा यस्तो सञ्चिती ०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा ०७७ वैशाख मसान्तमा १० अर्ब २५ करोड पुगेकोे छ । राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितीमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिती ०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा ०७७ वैशाख मसान्तमा १० खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिती ०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा ०७७ वैशाख मसान्तमा १ खर्ब ६० अर्ब ७ करोड पुगेको छ । चालु आर्थिक वर्षको १० महिनामा कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।

Skip This
Skip This
Logo