काठमाडौं । नेपाली सेनालाई विवादमा तान्ने र बदनाम गर्ने काम गर्न नहुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले बताएका छन् । अध्यक्ष थापाले बिहिबार ट्वीट गर्दै सेनालाई अनावश्यक विवादामा ल्याउन नहुने बताएका हुन् । सेनालाई सरकारको नियमित खरिद जस्ता काममा लगाउँदा अनावश्यक विवाद हुनुु स्वभाविक नै भएको उनको भनाइ छ । साथै, अध्यक्ष थापाले भविष्यमा यस्ता गल्ती दोहो¥याउन नहुने पनि उल्लेख गरेका छन् ।
‘राष्ट्रिय सुरक्षा र एकताको अन्तिम भरोसा र किल्ला नेपाली सेनालाई विवादमा तान्ने र बदनाम गर्ने कार्य कतैबाट हुनुहुंदैन’–उनले ट्वीटरमा लेखेका छन्–‘सेनाको मनोबल गिराउने काम गर्नु हुंदैन । सार्वजनिक खरिद जस्तो सरकारको नियमित काममा सेनालाई प्रयोग गर्दा स्वभावतः अनावश्यक विवाद हुन्छ । भविष्यमा यस्तो गल्ति नदोहरियोस् ।’






























प्रतिक्रिया