सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशमाथि आउँदो मंसिर २९ गते संसदीय सुनुवाइ हुने भएको छ । आइतबार बसेको संसदीय सुनुवाइ समितिमा १० जना उजुरीकर्तासँगको छलफलपछि समितिले २९ गतेका सुनुवाइको मिति तोकेको हो ।
सुनुवाइ समितिमा ज्येष्ठ सदस्यको रूपमा सभापतिको भूमिकामा रहेका ज्ञानेन्द्रबहादुर कार्कीले सुनुवाइ समितिको बैठक मंसिर १९ गते बस्ने जानकारी दिएका हुन् । उजुरीकर्तालाई समितिमा बोलाएर छलफल गरेको समितिले आज उनीहरुले प्रस्तावित सर्वोच्चका न्यायाधीश विरुद्ध उजुरी गर्नुको कारण र आधार मागेको छ ।
समिति सदस्यहरुले उजुरीकर्ताले उठाएका विषयमा जवाफ मागेका थिए ।
बैठकमा नेकपा एमालेका सचेतक महेश बर्ताैलाले समितिमा उजुरी पर्नु राम्रो भएको भन्दै उजुरी नियोजित र पदीय दुरुपयोगको मनसायबाट थियो की थिएन महत्वपूर्ण कुरा भएको बताए । उनले कानूनमै फैसलाको पुनरावलोकन व्यवस्था भएकोले पदीय दुरुपयोगको आधार प्रष्ट गर्न उजुरीकर्ताहरुलाई आग्रह गरे ।
सर्वोच्चमा प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीविरुद्ध सबैभन्दा धेरै ५ वटा उजुरी परेको छ । यस्तै, टेकप्रसाद ढुङ्गानाविरुद्ध ३ वटा र अर्का प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानविरुद्ध १ वटा उजुरी परेको छ । अन्य प्रस्तावित न्यायाधीशहरू सुनिल पोखरेल, महेश शर्मा पौड्याल र बालकृष्ण ढकालविरुद्ध भने उजुरी परेको छैन ।































प्रतिक्रिया