कोरोनाबाट भारतमा एकैदिन १२ हजार ८८१ संक्रमित, मृतक कति ?

कोरोनाबाट भारतमा एकैदिन १२ हजार ८८१ संक्रमित, मृतक कति ?

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।

भारतमा २४ घण्टाभित्र कोरोना भाइरसबाट १२ हजार ८८१ जना सक्रमित भएका छन् । भारतमा कुल संक्रमितको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

स्वास्थ्य अधिकारीहरुका अनुसार भारतमा अहिले पनि १ लाख ६० हजार ३८४ जना संक्रमित अवस्थामै रहेका छन् भने अरु १ लाख ९४ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् । भारतका स्वास्थ्य अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या ३३४ रहेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या १२ हजार २३७ पुगेको छ ।

भारतमा प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै संक्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । यस प्रदेशमा अहिलेसम्म १ लाख १६ हजार ७५२ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये कुल ५१ हजार ९३५ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ५९ हजार १६६ जना संक्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा ५० हजार १९३ जना रहेका छन् । राजधानी रहेको दिल्ली प्रदेशमा ४७ हजार १०२ जना सङ्क्रमित भएका छन् ।रासस

Logo