रूसी सेनामा २०० भन्दा बढी नेपाली भर्ती भएको जानकारी छः प्रधानमन्त्री

रूसी सेनामा २०० भन्दा बढी नेपाली भर्ती भएको जानकारी छः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा करिब २०० नेपाली नागरिक भर्ती भएको जानकारी सरकारसँग रहेको जानकारी दिएका छन् । 

प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र अध्ययन भिसामा रूसमा पुगेका करिब २०० नेपाली रूसी सेनामा भर्ती भएको जानकारी सरकारसँग रहेको बताएका हुन् । 

‘रूसी सेनामा पनि नेपाली युवाहरु गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो ।’ उनले भने, ‘अब २०० भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ ।’  

Skip This
Skip This
Logo