राष्ट्रपति पौडेलसँग विश्व बैंकका देशीय निर्देशककाे शिष्टाचार भेटवार्ता

राष्ट्रपति पौडेलसँग विश्व बैंकका देशीय निर्देशककाे शिष्टाचार भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेल र  विश्व बैंकका देशीय निर्देशक फेरीस हदाद जर्भोसबीच शिष्टाचार भेटवार्ता भएको छ । 

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले चार दशकदेखि विकास साझेदार रहेको विश्व बैंकले नेपालको आर्थिक विकास र गरिबी न्यूनीकरणमा पु-याएको सहयोगको सराहना गरे । उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको नकारात्मक असर न्यूनीकरणमा बैंकले सहयोग गर्ने अपेक्षा समेत राखे ।  

जलवायु परिवर्तनका कारण हिमालयमा परेको असर नेपालको मात्र नभएर विश्वकै चिन्ता र चासोको विषय हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

सो अवसरमा निर्देशक जर्भोसले नेपाल र विश्व बैंकबीचको सहकार्य सुदृढ रहेको बताएका थिए ।

Skip This
Skip This
Logo