बालकृष्ण खाणलाई छाड्ने कि थुनामा राख्ने बारेमा आज सुनुवाइ हुँदै

बालकृष्ण खाणलाई छाड्ने कि थुनामा राख्ने बारेमा आज सुनुवाइ हुँदै

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुनामा राख्नेकी छाड्ने विषयमा आज सुनुवाइ हुने भएको छ। 

उक्त सुनुवाइका लागि उच्च अदालत पाटनको एकल इजलासमा आज पेसी तोकिने भएको हो।  यसअघि उच्च अदालत पाटनका न्यायाधीशहरु जनक पाण्डे र प्रकाह खरेलबीच खाँणलाई थुनामा राख्ने की धरौटीमा छोड्ने भन्ने विषयमा राय बाझिएको थियो। 

न्यायाधीश पाण्डेले खाणलाई ३० लाख धरोटीमा छोड्नुपर्ने राय दिएका थिए। उता न्यायाधीश खरेलले थुनामै राख्नुपर्ने राय दिएका थिए।दुवै न्यायाधीशहरुको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार आज एकल इजलासमा सुनुवाइ गर्ने तय भएको बताइएको छ। 

आज सुनुवाइका लागि गोलाप्रथाबाट छानिएका न्यायाधीशले खाणलाई साधारण तारिखमा छोड्ने की थुनामै राख्ने भन्नेबारे आदेश दिनेछन्। 

Logo