मेलम्ची खानेपानी सञ्चालनमा ल्याउन सरकारको चासो देखिएनः नेता पौडेल

मेलम्ची खानेपानी सञ्चालनमा ल्याउन सरकारको चासो देखिएनः नेता पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले अर्बौं रुपैयाँ खर्च गरेर बनाएको मेलम्ची खानेपानी आयोजनामा सञ्चालनमा सरकार गम्भीर नदेखिएको बताएका छन्। 

उनले सरकारले चाहेमा अस्थायीरूपमा भएपनि तत्कालै मर्मतसम्भार गरेर काठमाडौँलाई पानी खुवाउन सकिने अवस्था रहेको बताएका हुन्।  शुक्रबार मेलम्ची खानेपानी आयोजनाको मुहानसम्मै पुगेर स्थलगत अवलोकन गरेपछि सांसद पौडेलले आयोजना सञ्चालनमा सरकारको कम चासो देखिएको आरोप लगाए।

‘मेलम्चीको पानी कहिले आउँछ भनेर काठमाडौँले पर्खिरहेको छ। सरकारले आउँछ, बनाउँदैछौँ भनिरहेको छ। तर काठमाडौँबासीले पानी खान पाएका छैनन्। पहिले केही समय पानी पुगेको हो। अहिले लामो समयदेखि पानी खाने अवस्था बनेको छैन,’ सांसद पौडेलले भने, ‘अहिले तत्काल अस्थायी समाधान गर्नकालागि गाह्रो देखिँदैन। सुरूङमा बाढीले त्यस्तो धेरै फोहोर जम्मा गरेको अवस्था पनि होइन। थोरै प्रयास गर्दामात्रै पनि पानी लैजान सकिने अवस्था छ। अर्बौँ खर्च भइसकेको राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा सरकार थोरै गम्भीर हुनुपर्छ।’ 

काठमाडौँ-५ बाट निर्वाचित सांसद पौडेलले काठमाडौँबासीलाई तत्कालै पानीको प्यास मेटाउने गरी आयोजनाको अघि बढाउन सरकार र प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत ध्यानाकर्षण गराउने बताए। 

‘यहाँ सुरूङभित्रको फोहोर सफा गर्ने भन्दा पनि ठेकेदारले भूक्तानी नपाएको र त्यहीकारण काम हुन नसकेको स्थिति देखिएको छ। यसरीअर्बाैँ खर्च गरेर बनाएको योजनामा साना साना कुराले अल्झाउनु हुँदैन,’ उनले भने, ‘समस्या छ भनतेर छोडिराख्नु भएन। के समस्या हो ? कसरी समाधान गर्न सकिन्छ भनेर काम सुरू हुनुपर्यो।’उनले सरकारले आयोजनालाई दिगो बनाउने विषयमा समेत ध्यान दिनुपर्ने माग गरे।

Logo