कसले जित्ला फिफा द वेस्ट अवार्ड ? अन्तिम प्रतिस्पर्धामा मेसी, एमबापे र हालान्ड [भिडियाेसहित]

कसले जित्ला फिफा द वेस्ट अवार्ड ? अन्तिम प्रतिस्पर्धामा मेसी, एमबापे र हालान्ड [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

फिफाले प्रदान गर्ने ‘दी बेस्ट फिफा अवार्ड’को अन्तिम तीन खेलाडीको मनोनयनमा अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्स तथा पीएसजीका केलिएन एमबापे र नर्वे तथा म्यानचेष्टर सिटीका एर्लिङ हालान्ड परेका छन्।

फिफाका अनुसार सन् २०२२ को डिसेम्बर १९ देखि सन् २०२३ को २० अगष्टसम्मको प्रर्दशनका आधारमा मेसी, एमबापे र हालान्डलाई छनोट गरिएको हो। 

उनीहरुको प्रर्दशनका आधारमा राष्ट्रिय पुरुष टोलीका प्रशिक्षक, कप्तान, खेल पत्रकार र समर्थकको भोटिङका आधारमा अन्तिम तीन खेलाडीको नाम चयन गरिएको हो। गत वर्ष डिसेम्बरमा भएको कतार विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाएका मेसी यो अवार्डको बलियो दाबेदारको रुपमा हेरिएको छ। 

फिफाका अनुसार सन् २०२२ को डिसेम्बर १९ देखि सन् २०२३ को २० अगष्टसम्मको प्रर्दशनका आधारमा मेसी, एमबापे र हालान्डलाई छनोट गरिएको हो। 

मेसीले ३६ वर्षको उमेरमा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन प्रेरणादायी भूमिका खेल्नुका साथै उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल अवार्ड समेत पाएका थिए। 

हाल अमेरिकी क्लब इन्टर मायामीमा आबद्ध मेसीले यसै वर्ष किर्तीमानी आठौं पटक बालोन डे’ओर अवार्ड समेत जितिसकेका छन्। यसैगरी हल्यान्ड इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट ब्यवसायीक फुटबल खेल्छन्।

यस्तै नर्वेजियन स्टार हालान्डले गत सिजन म्यानचेष्टर सिटीलाई प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग गरी ट्रेबल उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनले युरोपियन गोल्डेन बुट र प्रिमियर लिगको गोल्डेन बुट पनि जितेका थिए।

एमबापे भने फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट व्यावसायिक फुटबल खेल्छन्। यसअघि गत अक्टोबरमा बालोन डी’ ओर अवार्डका लागि घोषित खेलाडीको सूचीमा पनि माथिल्लो स्थानमा यी तीन खेलाडी नै थिए। 

यसैगरी एमबापेले फ्रान्सलाई लगातार दोस्रो पटक विश्वकप फाइनल पुर्याउन मद्दत गर्दै सर्वाधिक गोल समेत गरेका थिए। एमबापेले फाइनलमा अर्जेन्टिना विरुद्ध ह्याट्रिक गरे पनि उपाधि दिलाउन उक्त गोल पर्याप्त भएन। यसैगरी एमबापेले पेरिस सेन्ट जर्मेनलाई फ्रेन्च लिग वानको उपाधि पनि दिलाएका थिए।

यस्तै नर्वेजियन स्टार हालान्डले गत सिजन म्यानचेष्टर सिटीलाई प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग गरी ट्रेबल उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनले युरोपियन गोल्डेन बुट र प्रिमियर लिगको गोल्डेन बुट पनि जितेका थिए। यस अवधिमा हालान्डले ३३ खेलमा २८ गोल गरेका थिए।

फिफाले सर्वोत्कृष्ट महिला खेलाडी अवार्डका लागि पनि तीन खेलाडीको नाम सार्वजनिक गरेको छ। महिला विश्वकप विजेता टोली स्पेनका दुई खेलाडी यस सूचीमा परेका छन्। महिला खेलाडीको सूचीमा स्पेनकी आइताना बोनमती, कोलम्बियाकी लिन्डा सिसेडो र स्पेनकी जेनिफर हर्मोसो रहेका छन्। 

विश्वकपको उपाधिका साथै उत्कृष्ट खेलाडीले पाउने गोल्डेन बल समेत पाएकी बोनमाटीले युरोपियन वर्ष खेलाडी र बालोन डे’ओर अवार्ड समेत जितिसकेकी छन्। उनलाई यो अवार्डको मुख्य दाबेदारको रुपमा हेरिएको छ।

एमबापे भने फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट व्यावसायिक फुटबल खेल्छन्। यसअघि गत अक्टोबरमा बालोन डी’ ओर अवार्डका लागि घोषित खेलाडीको सूचीमा पनि माथिल्लो स्थानमा यी तीन खेलाडी नै थिए। 

यसैगरी पुस्कास अवार्डका लागि पनि तीन खेलाडीको नाम सार्वजनिक गरिएको छ। पुस्कास अवार्डका लागि सार्वजनिक गरिएको नाममा पराग्वेका जुलियो एनसिसो, ब्राजिलका गुइलहेर्म माड्रुगा र पोर्चुगलका नुनो सान्तोष परेका छन्। फिफाले आगामी जनवरी १५ तारिखमा लन्डनमा हुने विशेष समारोह बीच सर्वोत्कृष्ट खेलाडीको अवार्ड दिनेछ।

फिफाले कसरी उत्कृष्ट खेलाडीको छनौट गर्छ ?

१. फिफाले सुरुमा १२ जना खेलाडीहरु समेटिएको एउटा सूची निकाल्छ, उक्त सूचीबाट मतदाताले दिएको भोटका अनुसार पहिलो, दोस्रो र तेस्रो खेलाडीको नाम  सार्वजनिक गरिन्छ।

२.यसैगरी छनौट भएका खेलाडीहरूलाई उनीहरुको क्रम अनुसार पहिलोको लागि पाँच अंक, दोस्रोको लागि तीन र तेस्रोको लागि एक अंक दिइन्छ।

३.भोटिङ प्रक्रियामा राष्ट्रिय टोलीका कप्तानले आफैलाई भोट दिन पाउदैनन्।

४.मतदानमा चर प्रकारका मानिसहरु सहभागी हुन पाउँछन– जहाँ प्रशिक्षक, कप्तान, पत्रकार र खेल प्रशंसकहरू सहभागी हुन्छन्। 

५.उत्कृष्ट फिफा वर्ष खेलाडीको अवार्ड सबैभन्दा बढी अंक प्राप्त गर्ने खेलाडीलाई दिइन्छ।

६.यदि छनौट गरिएका तीनवटै खेलाडीको अंक बराबर भएमा पुरस्कार त्यहि खेलाडीलाई दिइन्छ जो सबैभन्दा पहिले छनोट भएको थियो।

७.सर्वश्रेष्ठ फिफा खेलाडी अवार्डको लागि मतदान प्रक्रिया स्वतन्त्र पर्यवेक्षकहरू द्वारा पर्यवेक्षण गरिन्छ।

Logo