उपत्यकाको फोहाेर व्यवस्थापनका लागि सरकार गम्भीर छः प्रधानमन्त्री प्रचण्ड

उपत्यकाको फोहाेर व्यवस्थापनका लागि सरकार गम्भीर छः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले गम्भीर पहल गरिरहेको बताएका छन्। 

सोमबार ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसको स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले फोहोरको दिर्घकालिन समाधानका लागि पहल गरिरहेको बताएका हुन्। ‘काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेरै नेतृत्वमा पहल भइरहेको छ।’, उनले भने,‘यसका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुन आवश्यक छ।’ 

प्रधानमन्त्री प्रचण्डले विकास निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण एवं संवद्ध्रनका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपुर्ण रहेको बताउँदै प्रशंसा गरे। उनले स्थानीय तहहरुको विकास निर्माणका सहयोग गर्न सरकार तयार रहेको बताए।

यसअघि कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द शाहले उपत्यकाको फोहोर व्यवस्थापनको सवालमा संघ सरकारले सहजीकरण गरिदिनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। 

Skip This
Skip This
Logo