टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो टिभिएस रोनिन ‘मोडर्न–रेट्रो’

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो टिभिएस रोनिन ‘मोडर्न–रेट्रो’

केन्द्रबिन्दु
0
Shares

टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले कम्पनीको पहिलो ‘मोडर्न–रेट्रो’ मोटरसाइकल रोनिन नेपाली बजारमा लन्च गरेको छ । कम्पनीले नेपालमा आफ्ना ग्राहकहरूका लागि टीभीएस रोनिन लन्च गर्दै प्रिमियम लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरेको हाे । 

यो नेपालमै एसेम्बल गरिएको मोटरसाइकल हो ।

२२५ सीसीको सो मोटरसाइकलको तौल १६० केजी छ, जसले २०.४ पीएस पावर उत्पादन गर्नुको साथै १९.९३ एनएम टर्कले यसलाई मोटरसाइकल वर्गमा सबैभन्दा राम्रो पावर–टू–वेट रेसियो बनाउँछ । यसमा ५ स्पिडको गियरका साथै स्लिपर क्लच उपलब्ध छ।

क्लासिक डिजाइन प्याकेजमा, मोटरसाइकललाई रेन र अर्बन एबीएस मोड, जीटीटी टेक्नोलोजी र भ्वाइस र राइड सहायता सहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता विशिष्ट प्राविधिक सुविधाहरूसहित निर्माण गरिएको छ ।

लन्चको बारे बोल्दै प्रिमियम, टिभिएस मोटर कम्पनीका हेड बिजनेस विमल सुम्ब्लीले भने, "टिभिएस रोनिन #अनस्क्रिप्टेड लाइफ स्टाइल राइडरहरुका लागि डिजाइन गरिएको हो । आज टिभिएस रोनिन काठमाडौंमा लन्च गर्न पाउँदा हामी निकै हर्षित छौं र यसले नेपालका धेरै युवा राइडरलाई यो आधुनिक रेट्रो मोटरसाइकलको सहज सवार प्रति प्रोत्साहित गर्नेछ भन्ने कुरामा विश्वस्त छौं । अन्तर्राष्ट्रिय व्यापार पोर्टफोलियो निर्माण गर्ने धेरै वर्षको प्रतिबद्धताका साथ, टिभिएस मोटरले विश्वभरका दुई र तीन पाङ्ग्रे सवारीका चालकहरूको विविध आवश्यकताहरू पूरा गर्न बेन्चमार्क सेट गरेको छ । नेपालमा टिभिएस रोनिनको लन्च गर्नु हाम्रो विश्वव्यापी ग्राहकलाई उत्कृष्ट उत्पादनहरू प्रदान गर्ने दिशातर्फ अर्को एउटा कदम हो।"

पीटी टिभिएस मोटर कम्पनीका अध्यक्ष निर्देशक जे थङ्गराज भन्छन्, "नयाँ टिभिएस रोनिनको लन्च नेपालमा टिभिएस मोटरका लागि महत्त्वपूर्ण माइलस्टोन हो । यो मोटरसाइकलको साथ नेपाली बजारमा हामीले बाइकिब समुदायलाई टिभिएस रोनिनको विशिष्ट डिजाइन, अत्याधुनिक प्रविधि र जडान गरिएका सुविधाहरूको लाभ उठाउने अवसर प्रदान गर्ने लक्ष्य राखेका छौं । यो मोटरसाइकलको लन्चले हाम्रो उत्पादनको दायरा, विशेष गरी आधुनिक रेट्रो क्षेत्रमा, विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई जनाउँछ ।"

त्यसैगरी टिभीएस मोटर कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, "टिभिएस रोनिन एउटा मोटरसाइकल मात्र नभई एक जीवनशैली हो। हामीलाई विश्वास छ कि यसलेको डिजाइन र आधुनिक प्रविधिको अद्वितीय मिश्रणले नेपालको जीवन्त संस्कृतिलाई प्रतिध्वनि गर्नेछ । टिभिएस रोनिनको यो लन्च हाम्रा ग्राहकहरूलाई नवीन र रोमाञ्चक उत्पादनहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो।"

टिभीएस रोनिन नेपाली बजारमा टीडी संस्करण अर्थात ट्रिपल टोन डुअल च्यानल एबीएसमा उपलब्ध हुनेछ । यसको मूल्य ४ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ । गत भदौमा सम्पन्न नाडा अटो शोमा यसलाई पहिलो पटक प्रदर्शन गरिएको थियो ।

Logo