चीनमा भूकम्पमा परी मृत्यु हुने १३१ पुगे, ७८२ घाइते

चीनमा भूकम्पमा परी मृत्यु हुने १३१ पुगे, ७८२ घाइते

केन्द्रबिन्दु
0
Shares

चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ ।

चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमो भूकम्पमा परी बुधबार बिहान ९ बजेसम्म मृत्यु हुनेको सङ्ख्या ११३ पुगेको छ भने घाइतेको सङ्ख्या ७८२ पुगेको छ । 

भूकम्पले छिङहाइ प्रान्तमा १८ जनाको ज्यान लिएको स्थानीय अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् । बिहान ५ः३० बजेसम्म, प्रकोपका कारण क्विङहाइमा १९८ जना घाइते भएको रिपोर्ट गरिएको छ भने अन्य १६ जना अझै बेपत्ता छन् ।

चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार भूकम्प राति ११ बजेर ५९ मिनेटमा गएको हो । भूकम्पको केन्द्र गान्सु प्रान्तको जिशिशानको बोनान–डोङ्सिआङ–सालार स्वायत्त काउन्टीबाट करिब आठ किलोमिटर टाढा रहेको बताइएको छ । -सिन्ह्वा

Skip This
Skip This
Logo