काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित बार्दली रेष्टुरेन्टले मिचेरबनाएको संरचनामा डोजर लगाएको छ। बिहीबार बिहान बार्दली रेष्टुरेन्टले सडकको हिँड्ने बाटो मिचेको ठहर गरी महानगरले रेस्टुरेन्ट अगाडिको बाटो भत्काएको हो।
बिजुली बजार पुल नजिकको बार्दली रेष्टुरेन्ट अगाडि डोजरसहित पुगेको महानगर प्रहरीहरुको टोलीले मिचेको करिव चार फुट बाटो खुला गरेको छ। महानगरपालिकाले बार्दली रेष्टुरेन्ट भन्दा उत्तरतिरका मिचिएका संरचना भने यसअघि नै भत्काइसकेको थियो।





























प्रतिक्रिया