महिला राष्ट्रिय क्रिकेटमा बागमतीसँग मधेश प्रदेश २९ रनले पराजित

महिला राष्ट्रिय क्रिकेटमा बागमतीसँग मधेश प्रदेश २९ रनले पराजित

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २९ रनले हराएको छ।बागमतिले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा मधेश प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८९ रन मात्र बनाउन सकेकाे हाे। 

मधेश प्रदेशका लागि पूजा महतोले सर्वाधिक ३० रन बनाइन्। त्यस्तै, अनुराधा चौधरी र प्रतिमा शाहले क्रमशः २१ र १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

बागमती प्रदेशका अस्मिना कर्माचार्यले २ तथा मनिशा उपाध्यायले १ विकेट लिइन्। यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको बागमतिले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११७ रन बनाएको थियो। 

उसका लागि यशोदा बिष्टले सर्वाधिक ४७ रनको योगदान गरिन्। त्यस्तै, अस्मिना कर्माचार्य र हेलिसा गुरुङले क्रमशः ३० र १२ रन हिर्काए। मधेशका लागि पुजा महतो २ दुई तथा कबिता गौतमले १ विकेट लिइन्। 

Skip This
Skip This
Logo