कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक

कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति २०८०/८५’ सार्वजनिक गरेको छ। 

सामाजिक विकास मन्त्रालयले यहाँका ७९ स्थानीय तहका प्रमुखरअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरू,सरोकारवाला सबै क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरूको सहभागितामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आँखा स्वास्थ्य रणनीति सार्वजनिक गरेको हो।

कार्यक्रम प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले यो आँखा स्वास्थ्य रणनीति तयार हुनु नै उपलब्धिको विषय भएको बताए। 

‘आँखा संवेदनशील अङ्ग हो, बचाउन संयम हुनुपर्दछ। यसैका लागि बनेको रणनीति कार्यान्वयनमा लैजान विशेष जोड दिनुपर्दछ,’ उनले भने,‘रणनीतिमा समावेश गरिएका विषयवस्तुहरूमा केन्द्रित भएर काम गर्नुपर्दछ। जसले यहाँका जनताको आँखा स्वास्थ्य सेवामा उल्लेख्य भूमिका खेलोस्।’ 

उनले रणनीतिले लिएको ध्येय, लक्ष्य र उद्देश्य पूरा हुने गरी काम गर्न स्थानीय तह, प्रदेश सरकार, अर्ध सरकारी, साझेदार निकायसहित सबै सरोकारवालाहरूको उत्तिकै दायित्व रहेको बताए।

मन्त्रालयका सचिव भोजराज शर्मा काफ्लेले आँखा स्वास्थ्यसम्बन्धी बनेका कर्णाली प्रदेश रणनीतिले यहाँका नागरिकको आँखा जोगाउन विशेष मद्दत पुग्ने बताए।

उनले भने, ‘दस्ताबेज एउटा साधन हो साध्य होइन। यसलाई पूर्णता दिन हामीले प्रयोगमा ल्याउनुपर्दछ र नागरिकलाई अनुभूति हुने गरी कार्यान्वयन गर्नुपर्दछ।’

उनले बृहत् आँखा स्वास्थ्य सेवालाई स्वास्थ्य सेवाको मूलधारमा एकीकृत गर्दै हरेक तहबाट गुणस्तरीय एवं प्रभावकारी स्वास्थ्य उपलब्ध गराउने उद्देश्यले रणनीति तयार भएको जनाए ।

कार्यक्रममा आँखा स्वास्थ्यको ग्लोबल, राष्ट्रिय तथा प्रादेशिक सिनारियोका बारेमा परामर्शदाता डा.अनिल सुवेदीले आफ्नो प्रस्तुति राखे। त्यस्तै, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सुर्खेतका निर्देशक डा शक्तिप्रसाद सुवेदीले कर्णाली प्रदेशको आँखा स्वास्थ्य रणनीतिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।

Skip This
Skip This
Logo