दराजको ‘विक्रेता सम्मेलन’ सम्पन्न

दराजको ‘विक्रेता सम्मेलन’ सम्पन्न

केन्द्रबिन्दु
0
Shares

ई–कमर्स ब्रान्ड दराजले बुधबार ‘विक्रेता सम्मेलन’को आयोजना गरेको छ। ललितपुरको हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा दराजका पदाधिकारी तथा विक्रेताहरू सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै दराजकी प्रबन्ध–निर्देशक आँचल कुँवरले कम्पनीसँग आबद्ध विक्रेताहरूलाई उत्कृष्ट अनुभव  प्रदान गर्ने प्रतिबद्धता जनाइन्। ‘विक्रेताहरू दराजका मेरुदण्ड हुन्। दराजको रोमाञ्चक यात्रामा अटल सहयोग प्रदान गर्नुभएकोमा सम्पूर्ण विक्रेताहरूमा आभार प्रकट गर्न चाहन्छु। दराज अहिले जहाँ छ, यो स्थानमा पुग्नमा तपाईंहरूको ठूलो हात छ र तपाईंहरूविना यो सम्भव हुँदैन थियो,’ उनले भनिन्।
 
हालै सम्पन्न ११ः११ सेलको सफलताको चर्चा गर्दै उनले थपिन्, ‘चाडपर्वको समयमा पर्ने हाम्रो ११ः११ सेलमा विक्रेताहरूले दिनुभएको साथको कारणले गर्दा हामी हरेक वर्ष अपेक्षा गरेभन्दा धेरै राम्रो गर्न सफल हुन्छौँ र यो भविष्यमा पनि कायम रहनेछ। यसका साथै हामी विक्रेता तथा खरिदकर्ता सबैलाई उत्कृष्ट अनुभव प्रदान गर्दै लजिस्टिक सेवा विस्तार गरेर विश्वस्तरीय सेवा प्रवाह गर्नेछौँ।’

कार्यक्रममा विभिन्न श्रव्य–दृश्य सामग्रीहरू प्रस्तुत गरेर विक्रेताहरूलाई बिक्री र व्यवस्थापनबारे जानकारी प्रदान गरिएको थियो। विक्रेताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा अवार्ड समारोह राखिएको थियो। जहाँ गत वर्षका १४ उत्कृष्ट विक्रेतालाई विशेष विधाका ट्रफी, १० हजार रुपैयाँबराबरको दराज भाउचरका साथै आकर्षक उपहारहरू प्रदान गरिएको थियो।

दराज ‘विक्रेता सम्मेलन’ अवार्डका विजेताहरूको सूची यसप्रकार छः
उत्कृष्ट विक्रेता – एफएमसिजी : सिटाफिल 
उत्कृष्ट विक्रेता – फेसन : टाइटन अफिसियल 
उत्कृष्ट विक्रेता – इलेक्ट्रोनिक्स : सावोमी (भिट्सल इम्प्लेक्स) 
उत्कृष्ट विक्रेता – लाइफ्स्टाइलः प्रोटिन नेपाल 
पिपुल्स च्वाइस – सुजना ज्वेलर्स 
पर्फर्मेन्स  एक्सिलेन्सः कम्पयुटेक 
मनैदेखि नेपालीः जुभारा 
लाइफटाइम अचिभमेन्टः आइइसी 
सेलर अफ द इयरः  अल्टिमा लाइफ्स्टाइल 
टप न्यु एसएमई सेलरः विराट हेल्थक्यर इन्डस्ट्रिज 
फ्री डेलिभरी लेजेन्डः पेबल्स नेपाल 
इएलपी एक्सिलेन्सः आफ्नो पसल 
फ्ल्यास सेल च्याम्पियनः ई–मेला 
मस्ट एक्टिभ सेलरः युनिलिभर

Skip This
Skip This
Logo