इत्तिफाकमाथि अल नासरको ३-१ को शानदार जित

इत्तिफाकमाथि अल नासरको ३-१ को शानदार जित

केन्द्रबिन्दु
0
Shares

साउदी प्रो-लिग अन्तर्गत अल नासरले अल इत्तिफाकलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा अल नासरले अल इत्तिफाकलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा एलेक्स टेल्लेज, मार्सेलो ब्रोजोभिक र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए। त्यस्तै अल इत्तिफाकका लागि एक गोल मोहमद अल कुवायकिबीले गरेका थिए। यो अल नासरको यस सिजनमा १३औं जित हो। १७ खेलमा ४० अंक हासिल गरेको अल नासर दोस्रो स्थानमा रहेको छ।

त्यस्तै १८ खेलमा अपराजित रहँदै ५० अंक हासिल गरेको अल हिलाल शिर्ष स्थानमा रहेको छ। त्यसैगरी अल इत्तिफाकको भने यो यस सिजनमा छैटौं हार हो। १८ खेलमा २४ अंक रहेको अल इत्तिफाक आठौं स्थानमा रहेको छ।

Logo