सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ

केन्द्रबिन्दु
0
Shares

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको छ।  जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसि तोकिएको छ। 

यसअघि पनि फैसलाका लागि भनेर पटकपटक पेसी तोकिए पनि विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेको छैन। काठमाडौँ जिल्ला अदालतमा न्यायाधीशको अभाप देखाउँदै यसअघि पटक पटक पेसी सर्दै आएको छ।  

पछिललो पटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए। 

सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ। अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ।

Skip This
Skip This
Logo