गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न यात्रा सफल भयोः अध्यक्ष ओली

गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न यात्रा सफल भयोः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाझाट-चिवाभञ्ज्याङ यात्रा सफल भएको बताएका छन्। यात्राबारे आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले लाखौँ मानिसहरू प्रत्यक्ष रूपमा सहभागी भएको र  यात्रा निकै सफल भएकाे  बताएका हुन्।  

“अत्यन्तै उत्साहप्रद र सफल रह्यो। जनताको असाधारण सहभागिता रह्यो। लाखौँ मानिसहरू प्रत्यक्ष रूपमा सहभागी हुनुभयो,” ओलीले भने।  “अनेक प्रकारका भाष्यहरू तयार गर्न खोजिएको थियो। हुनत त्यस्ता भाष्य कहिले तयार गर्न खोजिएको हुन्छ,” ओलीले भने, “अहिले पनि राणा शासन नै राम्रो थ्यो भन्ने भेटिन्छन्। पञ्चायत राम्रोथ्यो भन्ने भेटिन्छन्। गलत भाष्यलाई चिर्न र नयाँ सही भाष्य स्थापित गर्न यो यात्रा सफल भएको छ। हामी सफल भएका छौँ।” 

उनले यात्राका क्रममा स्थानीय समस्याबारे गम्भीर विचार विमर्श भएको बताए। उनले समाजमा स्थापित गर्न खोजिएको गतल भाष्य तोडिएको बताए। 

Skip This
Skip This
Logo