नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान आउने भएका छन्। यी माइक्रो भ्यान आर्क्स ग्रुपले नेपाल ल्याउन लागेको हो।
मध्यम तथा छोटो दूरी, स्कूल, अस्पताल, पर्यटन प्रयोजनमा सञ्चालन गर्न अत्यन्तै व्यावहारिक हुने १४ सिट क्षमताको माइक्रो भ्यान चाँडै बजारमा आउने कम्पनीले जनाएको छ।
हाइलोङ अटोमोबाइल ब्राण्डका गाडीहरु चीनलगायत दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, कम्बोडिया र लाओसमा बिक्री हुँदै आएका छन् ।































प्रतिक्रिया