नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको सातौं बैठक आज सुरु भएको छ। शुक्रबारसम्म चल्ने बैठकको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा उद्घाटन गरिएको छ।
अगामी जेठमा गर्ने पार्टीको अधिवेशन तयारीका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल गर्नका लागि बैठक आयोजना गरिएको महासचिव घनश्याम भुसालले बताए।
आजको बद्लिदो अन्तर्राष्ट्रिय परिस्थिति, विज्ञान प्रविधि र सामाजिक विज्ञानदेखि लिएर अन्य विविध विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए।
पार्टी अध्यक्ष माधवकुरमार नेपालको संयोजकत्वमा २७ सदस्य कमिटी गठन गरेको बताउँदै उनले महाधिवेशको लागि घनिभूत छलफल गर्न मस्यौदा तयार गर्ने बताए। उनले भने,‘हामी महाधिवेशनसम्म पुग्ने सांगठनिक व्यवधानहरु खोल्ने र सांगठनिक रुपमा बलियो उपस्थिति जनाउनमा केन्द्रित छौँ।’
महाधिवेशनसम्म जान आवश्यक कुराहरुमा बैठक केन्द्रित रहने उनको भनाइ छ। बैठकमा पार्टी अध्यक्ष नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको जनाइएको छ। विधान संशोधन गर्न एकीकृत समाजवादीले आगामी माघ १४ र १५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ।































प्रतिक्रिया