१३ वाणिज्य बैंकको ब्याजदर एकल अंकमा, कुन बैंकमा पाइन्छ सस्तो कर्जा ?

१३ वाणिज्य बैंकको ब्याजदर एकल अंकमा, कुन बैंकमा पाइन्छ सस्तो कर्जा ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्र बैंकको मौद्रिक नीतिप्रतिको खुकुलोपनको कारण ब्याजदर क्रमश घट्दै गइरहेको छ। पुसमा अधिंकाश वाणिज्य बैंकले निक्षेपको ब्याजदर एकल अंकमा झारेका छन्।

निक्षेपको ब्याज घट्दा पुस महिनामा वाणिज्य बैंकको आधारदर औसत ९.८१ प्रतिशत रहेको छ। पुस महिनाको लागि १३ वटा वाणिज्य बैंकको आधार दर एकल अंकमा रहेको छ। यस अवधिमा सबैभन्दा थोरै ब्याजदरमा कर्जा दिने बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ।

उक्त बैंकले आफ्ना ग्राहकलाई ८.२२ प्रतिशत बेसरेटमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जा लगानी गर्दै आएको छ। यसैगरी, सबैभन्दा कम बेसरेट भएको दोस्रो बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ। यस बैंकले आफ्ना ग्राहकलाई ८.३९ प्रतिशत बेसरेटमा ब्याज दिने गरेको छ।

एकल अंकमा ब्याजदर भएका बैंकहरु नेपाल बैंक, एभरेष्ट बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र नेपाल एसबिआई बैंक रहेका छन्।

तर कृषि विकास बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक, लक्ष्मी सनराईज बैंक, हिमालयन बैंक, कुमारी बैंकको ब्याजदर १० प्रशितभन्दा माथि रहेको छ। पछिल्लो केहि समययता बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम उच्च रहेको छ भने ब्याजदर महँगो हुँदा कर्जा लगानी घटेको छ।

\"\"

Skip This
Skip This
Logo