‘वेद इन्टरनेशनल’ १३ औँ वर्षमा प्रवेश, अझै बढी गुणस्तरीय सेवा दिने प्रतिबद्धता

‘वेद इन्टरनेशनल’ १३ औँ वर्षमा प्रवेश, अझै बढी गुणस्तरीय सेवा दिने प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

वैदेशिक शिक्षा अध्ययनका लागि निरन्तर क्रियाशिल शैक्षिक परामर्श क्षेत्रको अग्रणी संस्था ‘वेद इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी’ले आफ्नो स्थापनाको १३ औँ वार्षिकोत्सव भव्यपूर्वक मनाएको छ। 

वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई भरपर्दो, विश्वसनीय र गुणस्तरीय परामर्श दिंदै आएको कन्सल्टेन्सीले अटुट मेहेनत र प्रयासबाट १३ औँ स्थापना दिवस मनाउन सफल भएको हाे।

यो १३ वर्षे यात्रामा साथ दिने र सहकार्य गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै कन्सल्टेन्सीका प्रबन्ध निर्देशक आशिक कार्कीले स्थापना दिवसको अवसरमा यहाँसम्म आइपुग्न अहम् भूमिका खेल्ने विद्यार्थी,अभिभावक, कर्मचारी, शुभेच्छुक र सरोकारवाला सबैलाई धन्यवाद दिएका छन्।

उनले विद्यार्थी तथा अभिभावको विश्वास र माया नै सबैभन्दा ठूलो उपलब्धि भएको भन्दै संस्थाप्रतिको विश्वास र मायालाई टुट्न नदिइ अझै बढी गुणस्तरीय, प्रविधि र विद्यार्थी मैत्री सेवा दिने प्रतिबद्धता जनाएका छन्।

विदेशमा गएर अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई स्थापना दिवसको अवसर पारेर विभिन्न सेवाहरुमा विशेष छुट दिने बताइएको छ। संस्थाले विशेष गरी अष्ट्रेलिया, युके, न्युजिल्याण्ड, क्यानडा, अमेरिकालगातका देशहरुमा पढ्न जाने विद्यार्थीहरुलाई उचित, भरपर्दो र गुणस्तरीय परामर्श दिँदै आइरहेको छ। त्यसैगरी वेदले जापान पढ्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै भगिनी संस्थाको रुपमा ‘होन जापान एजुकेशन सर्भिस’ संचालनमा ल्याएको छ। 

होन संचालनमा ल्याउनुको उदेश्य जापान पढ्न जाने विद्यार्थीलाई परामर्श दिनु रहेकाे निर्देशक आशिक कार्कीले बताए। जापान जान चाहने विद्यार्थीहरुलाई विशेष जापानी भाषा कक्षा, विशेषज्ञ परामर्श सेवा र भिसासम्बन्धी जानकारी दिन सुरु गरिएको कार्कीले बताए।

Logo