तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
0
Shares

२०८० पौष १५ देखि पौष २१ सम्मको राशिफल ।।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन् ।  वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ।  हामीले दिएको उपाय गर्नुस् यो साता राम्रो बित्ने छ । 

साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुनसक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ। तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुस्। हामीले प्रदान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ, बाधाबिघ्न हट्ने छ, सबैलाइ सबै राशिका कुरा नमिल्न सक्छ, यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। हामीले दिएको उपाय गर्नु भयाे भने यो साता तपाईंको लागि एकदम राम्रो बित्ने छ। 

हेर्नुहोस्, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको  राशिफल- 

मेष राशि
मेष राशि हुनेहरुका लागि यो साता भाग्यको साथ मिल्नेछ जसका कारण रोकिएका काम पुरा हुनेछन्। एकाग्रताका साथ काम गर्नुहुनेछ जसले तपाईंलाई फाइदा पनि दिनेछ। यो साता पारिवारिक जीवन सुखद रहने छ। उच्च शिक्षाको लागि बिदेश जानेहरुको लागि राम्रो हुनेछ। तनाब कम गर्न नियमित योग वा ध्यान गर्नुहोला। नयाँ कामहरु आउने सम्भावना छ ग्रहको स्थिति राम्रो भएकोले नया कामहरुबाट फाइदा हुनेछ। यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ गण गनपताय नम को नियमित १०८ चोटी जप गर्दा राम्रो हुनेछ।

वृष राशि 
वृष राशि हुनेहरुले यो साता वादविवादबाट टाढा रहनुहोला।  कुनै पनि ब्यवसायमा हातहाल्नु भन्दा अघि  विचारपूर्वक निर्णय लिँदा राम्रो हुनेछ।  यो साता तपाईंको उर्जामा उतारचढाब देखिन्छ, अनावश्यक खर्चहरु बढ्न सक्छ्न्। नयाँ बहान किन्ने योग छ। जागिरमा बढुवा तथा सरुवाको सम्भावना रहेपनि स्वास्थ्यमा ध्यान दिनुहोला। यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि गायत्री मन्त्रको १०८ चोटी नियमित जप गर्दा फाइदा हुनेछ।

मिथुन राशि 
मिथुन राशि हुनेहरुले यो साता आफ्नो अन्तरमनको सुन्नुहोस्, तपाईंले केहि सकारात्मक परिवर्तनहरू देख्नुहुनेछ।  तपाईं आफ्नो आर्थिक स्थितिलाई धेरै हदसम्म बलियो बनाउन सफल हुनुहुनेछ। यो साता  उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि समय निकै राम्रो साबित हुने सम्भावना छ। विदेशमा पढ्न जानेको लागि भिसा लाग्ने समय छ। ब्यापारी बर्गलाइ यो साता फाइदा हुनेछ। आफ्नाहरु सँग बादबिबादबाट बच्नुहोला । यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नम शिबायको नियमित जप गर्दा राम्रो हुनेछ।

कर्कट राशि 
कर्कट राशि हुनेहरुका लागि यो साता ब्यायाम शुरु गर्न मन लाग्नेछ। तपाईंले लिएको लक्ष्य पूरा हुने छ योजना बनाएर अगाडि बढ्नुहोला। पैसाको मामिलामा सावधानी अपनाउनुपर्नेछ नत्र लामो समयसम्म समस्या आउन सक्छ।  प्रेम जीवनमा आउने समस्या समाधान हुनेछ। परिवारमा सुख–समृद्धि रहे पनि, ब्यापार ब्यबसायमा प्रगति गर्न मिहिनेत गर्नुपर्नेछ। अफिसमा सहकर्मीहरूसँग नम्रतापूर्वक व्यवहार गर्नुहोला।यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि प्रतेकदिन हनुमान चालिसाको पाठ गर्दा फाइदा हुनेछ।

सिंह राशि 
सिंह राशि हुनेहरुका लागि यो साता दान धर्ममा मन लाग्ने छ। नयाँ ब्यवसायको लागि कुराकानी शुरूवात हुनसक्छ। नोकरीमा पदोन्नति वा नयाँ कामको सम्भावना रहेको छ। झूटो तारिफ गर्ने व्यक्तिहरुसँग सतर्क रहनुहोला,नत्र अप्ठ्यारो पर्नेछ। उच्च पदमा बसेका व्यक्तिहरुसँग सार्थक भेटघाट हुन सक्छ, नयाँ कामको सम्भावना आउने छ।  खर्च बढ्ने समय रहेकाले बचतमा ध्यान दिनुहोला। केहि नयाँ समस्याहरु आउन सक्छ्न् , जसमा अरुको भर नपरी आफ्नो दिमागले निर्णय लिनुहोला। यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि प्रतेकदिन ॐ नम शिबाय मन्त्र जप गर्दा राम्रो हुनेछ। 

कन्या राशि 
कन्या राशि हुनेहरुका लागि यो साता राम्रो रहनेछ। विशेषगरी जागिर गर्नेहरूका लागि यो साता विशेष रहनेछ, नयाँ कामको खोजीमा रहेकाहरूलाई राम्रो प्रस्ताव आउन सक्छ। जीवनसाथीसँग विवाद हुन नदिनुहोला त्यसले तपाईलाई नकारात्मक तिर लग्ने छ। ब्यापारमा  लाभ हुनेछ र बजारमा तपाईंको छवि बलियो हुनेछ। जस्तो हुनुहुन्छ तेस्तै रहनुस्, अरुको लागि आफूलाई बद्ल्ने कोशिस नगर्नुहोला। अनैतिक कार्यबाट टाढा रहँदा राम्रो हुनेछ ।यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ गण गणपताय नम को नियमित एकमाला जप गर्दा फाइदा हुनेछ।

तुला राशि 
तुला राशि हुनेहरुले यो साता आफ्नो बिचार र कार्यशैलिमा ध्यान दिनुपर्ने छ। ब्यापारमा संघर्ष गर्नुपर्ने देखिन्छ। घरपरिवारको सल्लाह अनुसार काम गरे फाइदा हुने छ। तपाईं सिंङ्गल हुनुहुन्छ भने यो साता नयाँ प्रेम प्रस्ताव आउने सम्भावना छ। खानपिन तथा स्वास्थ्यमा ध्यान दिनुहोला। साताको अन्त्यमा कुनै पनि प्रकारको लापरवाहीले तपाईका लागि समस्या ल्याउन सक्छ। केहि मामिलामा धेरै सावधानी अपनाउन आवश्यक छ। यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नमो भग्वते बासुदेबाय नमको दैनिक १०८ चोटी जप गर्दा राम्रो हुनेछ।

वृश्चिक राशि   
वृश्चिक राशि हुनेहरुका लागि प्रेमको हिसाबले यो साता विशेष रहनेछ। जीवनमा सुख समृद्धिको योग रहेको छ। साताको अन्त्यमा खर्च बढ्ने र घरमा नयाँ सामानहरु किन्ने समय रहेको छ। पहिला गरेका आर्थिक लागानिबाट यो सातादेखि नाफा कमाउन थाल्नु हुनेछ।अफिसमा आफ्नो हाकिमलाई खुसी राख्नुहोला नत्र केही व्यक्तिले तपाईंको छविमा हानि पुयाउने प्रयास गर्न सक्छन्। शत्रुहरु तपाईंको छवि बिगार्न लागि परेकाले आफ्नो बोलीमा सुधार गर्नुहोला। विवाह नगरेकाहरूको लागि राम्रो सम्बन्ध हुनसक्छ। तनावबाट मुक्त हुन योग तथा ध्यान गर्नुहोला , रक्सी सेवनले यो साता हानिको सम्भावना छ । यो हप्ता तपाईंको जीवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नम शिबायको नियमित जप गर्दा फाइदा हुनेछ। 

धनु राशि 
धनु राशि हुनेहरुले यो साता आनन्दको अनुभुति गर्नेछन् । प्रेम सम्बन्ध राम्रो रहनेछ। जोडीहरु यो साता बाहिर घुम्न जाने छन्। जागिरमा हाकिमको कार्यशैलीले तपाईलाइ तनाब हुन सक्छ, रिस कम गर्नुहोला। आफ्नो परिवारलाई समय दिनु भयो भने तपाईको मानसिक समस्या कम हुनेछ। नयाँ योजना बनाएर काममा फोकस गर्नुहोला। सवारी साधन खरिद गर्ने योजना छिट्टै पूरा हुन सक्छ। रचनात्मक काम गर्नेहरुले पुरस्कार पाउने योग छ। सुगरका बिरामी हुनुहुन्छ भने नियमित ब्यायाम गर्न शुरु गर्नुहोला नत्र समस्या आउन सक्छ । यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नम शिबायको नियमित जप गर्दा राम्रो हुनेछ।

मकर राशि 
मकर राशि हुनेहरुका लागि यो साता व्यापारीहरुका लागि नयाँ काम आउने छ।  पहिलो साता तपाईंको लागि राम्रो रहनेछ, यदि तपाईंले व्यापार गर्नुहुन्छ भने वृद्धि र लाभको सम्भावना छ।  आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।  श्वासप्रश्वासको समस्या बढ्न सक्छ। लामो यात्राको सम्भावना रहेकाले  आफ्नो खानपानमा ख्याल गर्नुहोला। जागिर परिवर्तन गर्ने सोचमा हुनेहरुका लागि यो साता एकदम राम्रो रहेको छ । यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित एक पाठ गर्दा फाइदा हुनेछ।

कुम्भ राशि 
कुम्भ राशि हुनेहरुका लागि यो साता कामहरुमा बाधा आउने सम्भावना छ। आफ्नो सम्बन्धलाइ समुधुर बनाउने प्रयस गर्नुहोला। श्रीमान-श्रीमतीको लामो समय सम्मको मनमुटाव अन्त्य हुनेछ। सवारी साधन कुदाउँदा ध्यान दिँदा दुर्घटनाको योग छ, हरेक पटक सवारीसाधन कुदाउँदा भगवान हनुमानलाई सम्झ्नुहोला। तपाईं धेरै ठूला र महत्त्वपूर्ण निर्णयहरू लिन सक्नुहुनेछ। यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित जप गर्दा राम्रो हुनेछ।

मीन राशि 
मीन राशि हुनेहरुका लागि यो साता सुख समृदिको योग रहेको छ। प्रेम जीवन सफल हुनेछ। रोजगारीका नयाँ अवसर अचानक आउन सक्छन्। आफ्नो भावनालाई नियन्त्रणमा राखी टिमवर्कमा काम गर्नुहोला। परिवारमा तपाईंको मान सम्मान बढ्नेछ। विद्यार्थीको लागि यो साता राम्रो छ। विवाहित व्यक्तिहरूले आफ्नो पार्टनरको संगतमा आनन्द लिनेछन्। साताको प्रारम्भमा आम्दानी बढे पनि शत्रुहरूले योजना बिगार्ने प्रयास गर्नेछन् सजग रहनुहोला। यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नमो भगवते बासुदेबाय नमको १०८ चोटी जप गर्दा फाइदा मिल्ने छ ।

Skip This
Skip This
Logo