ईङ्ग्लिस प्रिमियर लिग अन्तर्गत टोटनह्यामले बोर्नमाउथमाथि शानदार जित हासिल गरेको छ। आइतबार राती सम्पन्न खेलमा टोटनह्यामले बोर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
टोटनह्यामको जितमा पापे माटर सार, सन हेंग मुन र रिचार्लिशनले एक/एक गोल गरेका थिए। त्यसैगरी बोर्नमाउथका लागि एक गोल एलेक्स स्कटले गरेका थिए।
यो यस सिजनमा टोटनह्यामको १२औं जित हो। यो जितपछि २० खेलमा ३९ अंक भएको टोटनह्याम पाँचौं स्थानमा रहेको छ। त्यस्तै बोर्नमाउथको भने १९ खेलमा २५ अंक रहेको छ र अंक तालिकामा १२औं स्थानमा रहेको छ।





























प्रतिक्रिया