बीवाईडीको बजारमा तीव्रता, नेपालमा पनि बढ्दाे क्रेज

बीवाईडीको बजारमा तीव्रता, नेपालमा पनि बढ्दाे क्रेज

केन्द्रबिन्दु
0
Shares

विद्युतीय गाडी निर्माता कम्पनी बीवाईडीले सन् २०२३ मा तीव्र रुपमा बजार विस्तार गर्न सफल भएको छ। कम्पनीले सन् २०२३ मा संसारभर ३० लाख २४ हजार ४१७ गाडी बिक्री गर्न सफल भएको छ। यो संख्या सन् २०२२ को तुलनामा ६१.८ प्रतिशत बढी हो।

न्यु इनर्जी भेइकल बिक्रीमा बीवाईडीले डिसेम्बरमा मात्रै ३ लाख ४१ हजार ४३ वटा गाडी बिक्री गरेको छ। गत वर्षको तुलनामा यो ४५ प्रतिशत बढी हो। कम्पनीले २०२४ बीवाईडीको बजार बिस्तारलाई अझै ब्यापक बनाउने लक्ष्य राखेको छ।

नेपाली बजारमा पनि बीवाईडीको क्रेज लगातार रुपमा बढ्दो छ। ईभी मात्र बिक्री गर्दै आइरहेको बीवाईडीले नेपालमा साइमेक्स इंकमार्फत यी सवारी साधन बिक्री गर्दै आएको छ। सन् २०१७ मार्च ३० तारिखदेखि नेपालमा आधिकारिक वितरकको रुपमा साइमेक्स इंकले बीवाईडीका विद्युतीय सवारी बिक्री प्रारम्भ गरेको थियो ।

नेपालमा बीवाईडीका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक हो। साइमेक्सले पनि नेपाली बजारमा बीवाईडीको बजार बिस्तारलाई तीव्र बनाउँदै लिडिङ कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ। पहिले देखि नै बीवाईडी ई६ उपलब्ध गराउदै आएको साइमेक्स इंकले यो वर्ष बीवाईडी एट्टो ३ र बीवाईडी डल्फिन भित्र्याए पछि एकाएक बीवाईडीको क्रेज झनै बढेको मान्न सकिन्छ।

सिंगल चार्जमा ५२२ किलोमिटरको रेन्ज दिने मात्र नभएर नयाँ डिजाइन, नयाँ इन्टेरियर, नयाँ इन्फोटेनेमन्ट सिस्टम, नयाँ ब्लेड ब्याट्री र प्रशस्तै बुट स्पेस यो कारका प्रमुख विशेषता हुन्। यसको मूल्य ५९ लाख रुपैयाँ छ।

पहिले धेरै क्षमताको एट्टो ३ उपलब्ध भएकोमा गत वर्ष कम क्षमताको सहित तीन मोडल नेपाली बजारमा उपलब्ध भएको छ। नयाँ मोडलको रुपमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याकयुक्त एट्टो ३ उपलब्ध छ। सो गाडीको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसमा १०० किलोवाट क्षमताको मोटर छ।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले अन्य दुई मोडलको नयाँ मूल्य सूची पनि सार्वजनिक गरेको थियो। नयाँ बजेटले व्यवस्था गरे अनुसार करको दर हेरफेर भएकाले यी गाडीको मूल्य पनि परिमार्जन गरिएको हो।

दुवै मोडलमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक छ । यी मध्ये १०० किलोवाटको बीवाईडी एट्टो ३ को मूल्य ६५ लाख ८८ हजार र १५० किलोवाटको बीवाईडी एट्टो ३ को मूल्य ८१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यी दुई मोडलको मूल्य पहिले ६४ लाख ९० हजार र ८९ लाख ९० हजार रुपैयाँ थियो।

Logo