नेपालसँग भारतको ठूलो कूटनीतिक कमजोरी भयो- करण सिंह

नेपालसँग भारतको ठूलो कूटनीतिक कमजोरी भयो- करण सिंह

केन्द्रबिन्दु
0
Shares

वरिष्ठ राजनीतिज्ञ तथा कांग्रेस आईका नेता करण सिंहले नेपालसँग भारतको ठूलो कूटनीतिक कमजोरी भएको बताएका छन्।

सोमबार वक्तव्य जारी गर्दै नेता सिंहले तनावपूर्ण परिस्थिति बन्नुमा भारतको कमजोरी भएको उल्लेख गरेका हुन्।  गत नोभेम्बरमै नेपालले यो मुद्दा उठाउँदा भारतले गम्भीरतापूर्वक नलिंदा अहिलेको परिस्थिति सिर्जना भएको उनले जनाएका छन् ।

सिंहले भारतले सीमा बिबाद देखिनासाथै विदेश सचिवस्तरीय तथा परराष्ट्र मन्त्री र प्रधानमन्त्री तहमा पनि संवाद हुनुपर्ने बताएका छन्। भारतको आलोचना गरेका सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । ‘दशकौं पुरानो व्यक्तिगत र राजनीतिक नाता भएका हिसाबले पनि प्रधानमन्त्री ओलीले दुई मुलुकबीच गहिरो सामाजिक, सांस्कृतिक, परम्परागत र आर्थिक र राजनीतिक सम्बन्धका बाबजुद नेपाललाई सच्याउन नमिल्ने गरी सँधैका लागि भारतसँगको द्वन्द्वको अवस्थामा पुर्‍याएका छन् जसमा मलाई निकै दुःख लागेको छ,’ सिंहले भनेका छन् ।

नेतागत नोभेम्बरमा भारतले कालापानी क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालले विरोध जनाएको थियो । नेपालले  दुई पटकसम्म वार्ताका लागि आग्रह गर्दा पनि  भारतले  बेवास्ता गरेको थियो। वार्ताको सट्टा भारतले २६ वैशाखमा भारतले लिपुलेक हुँदै तिब्बतको मान सरोवर जाने सडक उद्घाटन गरेपछि बिबाद थप चुलिएको हो।

त्यसपछि पनि नेपालले वार्ताका लागि पहल गरेको थियो तर भारतले कोरोना महामारीपछि वार्ता गरौंला भन्ने जवाफ पठायो । भारतीय हेपाहा प्रवृतिको विरोध चर्किएसँगै सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गर्यो  ।

वास्तविक नक्सा अनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधनका लागि प्रस्तुत विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित भएको छ ।

Skip This
Skip This
Logo