खेलाडीहरुलाई मेयर बालेनले भने- जित्नैपर्ने दबाबबाट बचौं, मेडल ल्याउनु ठूलो कुरा होइन [भिडियाे]

खेलाडीहरुलाई मेयर बालेनले भने- जित्नैपर्ने दबाबबाट बचौं, मेडल ल्याउनु ठूलो कुरा होइन [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले खेलकुदमा मेडल जित्नुभन्दा पनि विद्यार्थीले आफूलाई शारीरिक, मानसिक र भावनात्मक रुपमा बलियो बनाएर खेल क्षेत्रमा अरुलाई आकर्षित गराउनुपर्नेमा जोड दिएका छन् । 

महानगरद्वारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा महानगर प्रमुख साहले खेलाडीहरुलाई मेडल जित्नैपर्ने दबाबबाट मुक्त गर्नुपर्ने धारणा राखे । उनले प्रतियोगितामा विस्तारै प्रतियोगीहरुको संख्या बढाउनुपर्नेमा जोड दिएरै आगामी दिनमा धेरै भन्दा धेरै विद्यार्थीलाई प्रतियोगितामा भाग लिन आग्रह पनि गरे । 

महानगर प्रमुख साहले भने, ‘यो प्रतियोगितामा ३२ सयभन्दा बढी विद्यार्थीले भाग लिनुभएको छ । आगामी दिनमा यो संख्या बढाएर विस्तारै १० हजार विद्यार्थीहरुले भाग लिनुहोस् । मेडल ल्याउनु ठूलो कुरा होइन, तपाईंहरुले खेल्दै जाँदा अरुलाई इन्स्पायर गराएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा हो । आफूसँगै अरुलाई इन्स्पायर गर्नुस् ।’

खेलाडी विद्यार्थीलाई ठूलाठूला खेल जित्नलाई आफूले दबाब नदिने भन्दै उनले थपे, ‘खेलकूद भनेको शारीरिक रूपमा दुरुस्त, मानसिक रुपमा अलर्ट र भावनात्मक रुपमा व्यक्तिलाई स्टेबल बनाउने चिज हो । तपाईंहरुलाई खेलकूदले त्यो चिजको विकास गराओस् ।’

आजबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्ने छ । महानगरपालिका भित्रका ८३ विद्यालयका ३ हजार २ सय ५० जना छात्रछात्राले खेलका विभिन्न विधामा  सहभागिता जनाएका छन् ।

भिडियाे- https://fb.watch/pjug-HDf6B/

Skip This
Skip This
Logo