आज नेप्से ३० अंकले घट्यो

आज नेप्से ३० अंकले घट्यो

केन्द्रबिन्दु
0
Shares

सातको दोस्रो कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक ३०.०५ अंकले घटेको छ ।  

मंगलबार नेप्से १.४५ प्रतिशतले घटेर २०३०.१० विन्दुमा कायम भएको छ । ३०५ धितोपत्रको एक करोड १० लाख ६९ हजार ९६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा चार अर्ब ४४ करोड ४६ लाख ६० हजार ३१४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 

३०५ वटा विभिन्न कम्पनीको कारोबार भएकोमा आज २०५ कम्पनीका लगानीकर्ताले लगानी गुमाए भने ३७ कम्पनीका लगानीकर्ताले कमाएको नेप्लेसे जनाएको छ । आज १३ वटै उपसमूहको समूहगत सूचक घटेको छ । होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक ३.२१ प्रतिशतले घटेको छ ।

चिखुवा खोला हाइड्रोपावरको सयेर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ ।

Skip This
Skip This
Logo