‘टाटा मोटर्स फन कार्निभल ३.०’ आयोजना हुँदै, नेक्सन र टियागो विद्युतीय गाडी साट्न सकिने​​

‘टाटा मोटर्स फन कार्निभल ३.०’ आयोजना हुँदै, नेक्सन र टियागो विद्युतीय गाडी साट्न सकिने​​

केन्द्रबिन्दु
0
Shares

सिप्रदी ट्रेडीङ्ग प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० आयोजना गर्ने भएको छ । 

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदीले यही पुस २० देखि २२ गतेसम्म कार्यक्रमको आयोजना गर्न लागेको हो । यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभी लगायतका गाडीहरू साट्न सकिने कम्पनीले जनाएको छ ।​

ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरू प्रतिको रुचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो । फन कार्निभल ३.० उपत्यकाभित्र टाटा मोटर्सको शोरुम – थापाथली, वेष्टर्न मोटर्स् – महाराजगन्ज, जेबी मोटर्स् – बालकुमारी, सिप्रदी ट्रेडिङ्ग प्रालि – राधेराधे, भक्तपुर र उपत्यका बाहिर इटहरी र धनगढीमा आयोजना गर्न लागिएको हो ।

यस अन्तर्गत टाटाका गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, ईभी गाडीहरूका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन् ।

यस कार्निभलको मुख्य उदेश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जनमार्फत नौलो अनुभूति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु हो ।

कार्यक्रमको अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै यस कार्यक्रममा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ । 

Logo