एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनसँग तालमेल गर्न लागेको नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य निर्वाचनसहित समसामयिक विषयहरूमा छलफल गर्न सचिवालय बैठक बोलाएका हुन्। 

बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो १२ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए। 

राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ। त्यसमध्ये ९ जना नेकपा एमालेबाट छन्। सत्ता गठबन्धन दलले मात्रै तालमेल गरेर आफूले एक सिट पनि नपाउने अवस्था बनेपछि एमालेले सत्तारूढ गठबन्धनसँगै तालमेल गर्न लागेको हो।

Skip This
Skip This
Logo