राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।
सरकारमा सहभागी चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच भएको छलफल निष्कर्षविहीन टुंगेको हो । बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असहमत जनाएपछि बैठक आजै साँझ बस्नेगरी सकिएको बैठकपछि कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
शान्ति प्रक्रियाको बाँकी कामसहित अहिले व्यवस्थामाथि प्रश्न उठिरहेको अवस्थामा सबैलाई समेटेर जानुपर्ने भन्दै एमालेलाई पनि साथमा लिएर जाने मनस्थितिमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् । प्रधानमन्त्रीको त्यस्तो प्रयासमा काँग्रेस सभापति शेरबहाादुर देउवा समेत उति धेरै नकारात्मक भने छैनन्। तर, एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने विरोध जनाएका छन् ।





























प्रतिक्रिया