क्यानको वार्षिक खेल तालिका सार्वजनिक, नेपालले कुन देशसँग कहिले के खेल्छ ?

क्यानको वार्षिक खेल तालिका सार्वजनिक, नेपालले कुन देशसँग कहिले के खेल्छ ?

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट सङ्घ (क्यान)ले वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानले आज पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेल तालिका सार्वजनिक गरेको हो । 

नेपालले आइसिसी विश्वकप लिग दुई,  टि–२० सिरिज, एकदिवसीयलगायतका  सिरिजलाई खेल तालिकामा समेटेको छ । नेपालले आगामी फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एकदिवसीय  सिरिज खेल्नेछ । त्यस्तै नेपालले २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच  त्रिकोणात्मक टि–२० सिरिज खेल्ने खेल तालिकामा उल्लेख छ । उक्त खेल नेपालमै हुनेछ । 

त्यस्तै,  १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग पाँच  एकदिवसीय र तीन टि–२० खेल खेल्ने छ ।

यसैगरी  क्यानले आफ्नो खेल तालिकामा आगामी मङ्सिरमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्ने छ । क्यानका सचिव पारस खड्काले नेपालसँग कुनै देशले खेल्न चाहेमा त्यसलाई पनि खेल तालिकामा समावेश गरिने बताए।

तालिका-

Skip This
Skip This
Logo