एनआइसी एशियाका ऋणीलाई ब्याज तथा नवीकरण शुल्कमा आकर्षक छुट योजना

एनआइसी एशियाका ऋणीलाई ब्याज तथा नवीकरण शुल्कमा आकर्षक छुट योजना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल राष्ट्र बैंकद्वारा २०७७ वैशाख १६ गते कोभिड–१९ बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत मसान्तसम्म कायम ब्याजदर दुई प्रतिशतले घटाइ चालू आर्थिक वर्षको चौथो त्रयमासको ब्याज गणना गर्न जारी गरिएको निर्देशनको तत्काल पूर्ण कार्यान्वयन गर्दै सो को अलावा ऋणीहरूले जेष्ठ महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता÷ब्याज रकम जेष्ठ मसान्तभित्र पूर्णरुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको छ । उक्त योजना अत्यन्त लोकप्रिय भएको व्यहोरासमेत बैंकले जानकारी दिएको छ ।

कोभिड–१९ महामारीबाट बैंकका ऋणीहरूलाई परेको नकारात्मक असरको मूल्यांकन गर्दै उत्तरदायी बैंकिङ अभ्यासलाई थप मजबुद पार्दै बाचौं र बचाऔं भन्ने अभियानमा केन्द्रीत हुँदै बैंकले आफ्नै प्रयासबाट आषाढ महिनाका लागि समेत ब्याज तथा नवीकरण शुल्क सम्बधमा अत्यन्त आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैंकले ल्याएको यस योजनामा नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको २ प्रतिशत ब्याज छुटको अलावा यस बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ऋणीहरुले २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्मा चुक्ता भुक्तान गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गरिनेछ । साथै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने शुल्क÷ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था बैंकले गरेको छ । हाल ९.९९ प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा उपभोग गरेका ग्राहकहरूको हकमा भने विद्यमान व्यवस्था अनुसार नै ब्याजदर कायम हुनेछ ।

त्यसैगरी कर्जा नवीकरणको हकमा २०७७ आषाढ मसान्तसम्ममा नवीकरण गरिसक्नुपर्ने कर्जाहरूको २०७७ आषाढ महिना भित्रै नवीकरण गरेमा नवीकरण शुल्कमा ०.२५ प्रतिशत छुट हुनेछ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेछ । बैंकले २०७७ आषाढ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरिएको उल्लेख गरेको छ ।

यस बैंकले नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशनको अक्षरशः पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गर्नुभएको ऋणीहरूको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम ग्राहक महानुभावहरूको खातामा वैशाख महिनामै जम्मा गरिसकेको ब्यहोरा सहर्ष जानकारी गराउँछौं । त्यसैगरी यस बैंकले घोषणा गरेको योजनामा सहभागी भई वैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता÷ब्याज रकम वैशाख मसान्तभित्र पूर्ण रुपमा चुक्ता गर्ने ग्राहक महानुभावहरूको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुटको रकम जेष्ठ महिनाको पहिलो साता भित्रै सम्बन्धित ग्राहक महानुभावहरूको खातामा जम्मा गरिसकेका ब्यहोरा समेत जानकारी गराएको छ ।

बैंकको मुलुकभर ३ सय २६ शाखा कार्यालयहरू, ४ सय ६४ एटिएम, १ सय १ एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दे आएको छ ।

Skip This
Skip This
Logo