धान रोपाईंमा कोरोना प्रभाव : तीन फिटको सामाजिक दुरी कायमदेखि औजारहरु धोइपखालीसम्म

धान रोपाईंमा कोरोना प्रभाव : तीन फिटको सामाजिक दुरी कायमदेखि औजारहरु धोइपखालीसम्म

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
यसपालीको धान रोपाईं विगत वर्षहरुको तुलनामा फरक हुने भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण यसपालीको रोपाईं त्रासपूर्ण हुने देखिएको छ । अरु बेला कुनै मापदण्ड विना नै रोपाईं गरेका किसानले अहिले स्वास्थ्य सम्बन्धी कडा मापदण्ड पूरा गर्नु पर्ने भएको छ । हरेक क्षेत्रमा काम गर्दा सामाजिक दुरी कायम राख्नु पर्ने स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सम्बन्धी मापदण्ड धान रोपाईं (कुषि क्षेत्र) मा पनि लागू हुने भएको छ ।

विगतका वर्षहरुमा धान रोप्दा एकै ठाउँमा धेरै खेतालाहरु बसेर रोप्ने गर्थे । तर अब भने तीन फिटको दुरी कामय गर्नु पर्ने भएको छ । कोरोनाको महामारी नफैलियोस भन्ने उद्देश्यले सरकारले रोपाईं गर्दा या कृषि सम्बन्धी अन्य कुनै पनि काम गर्दा सामाजिक दुरी कामय गर्नेदेखि कृषि कामका लागि प्रयोग हुने औजारहरु प्रयोग गरिसकेपछि राम्रोसँग पखालेर मात्रै राख्ने तथा त्यस्ता औजारहरु छुनु अघि र काम गरिसकेपछि साबुनपानीले हात धुनु पर्नेछ ।

हामीले सकेसम्म सामाजिक दुरी राखेर मास्क वा सलले मुख छोपेर रोपाईं गर्न भनेका छौँ ।’ कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता हरीबहादुर केसीले भने । सकेसम्म आफ्नो गाउँ ठाउँको भन्दा अरु ठाउँबाट काम गर्ने मान्छे नल्याउँदा उपयुक्त हुने प्रवक्ता केसीको भनाइ छ । यसो गर्दा अन्य ठाउँमा संक्रमण रहेछ भने त्यसले असर गर्न नपाउने उनले बताए । मन्त्रालयले सबै पालिकाले आफ्नो क्षेत्रमा कृषिजन्य गतिविधिका लागि कृषकलाई उत्प्रेरित गर्दै कोरोना संक्रमणबाट सचेत रहन स्वास्थ्य मापदण्डको बारे बुझाउन आग्रह गरिरहेको समेत उनले बताए ।

यो बेला मानो खाएर मुरी उब्जाउने बेला हो । असारको बेला खेतबारीमा धान रोप्ने चटारो छ । ग्रामिण भेगतिर किसानहरुले रोपाईंका लागि धानको विउ उमार्दै छन् भने कतिपय ठाउँमा रोपाईं पनि भइसकेको छ । मुलुकको विभिन्न स्थानमा असार १५ देखि असार मसान्तसम्म अधिकांश रोपाईं भइसकेको हुन्छ । कोरोना भाइरसको संक्रमण नफैलियोस भन्ने उद्देश्यले मन्त्रालयले हरेक स्थानीय तहमार्फत स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर काम गर्न वैशाख १५ गते नै सूचना निकालेर निर्देशन जारी गरिसकेको छ । ‘बाली लगाउने, गोड्ने, काट्ने, उठाउने जस्ता कार्यमा संलग्न हुने प्रत्येक व्यक्तिले आपसमा कम्तीमा ३ फिटको दुरी कायम हुने गरी क्षेत्र तोकेर काम गरौँ ।’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ । त्यसैगरी काम गर्दा, विश्रामको समयमा, खाजा वा चिया खाने बेला, आवतजावत गर्दा समेत कम्तीमा ३ फिटको दुरी कायम राखेर व्यक्तिगत सुरक्षाका लागि मास्क लगाउने वा सलले वा रुमालले मुख छोपेर काम गर्न मन्त्रालयले भनेको छ ।

तर व्यवहारिकता हेर्दा धान रोपाईंमा सामाजिक दुरी कायम गर्र्ने सम्भावना भने न्यून देखिन्छ । ग्रामिण क्षेत्रमा अहिले पनि आम किसानहरुले निर्वाध रुपमा काम गरिरहेका छन् । सामान्यतया हरेक ग्रामिण क्षेत्रमा खेतीपाती तथा दैनिक काम सहज रुपमा भइरेका छन् । शहरी क्षेत्रमा जस्तो ग्रामिण क्षेत्रमा, विशेष गरी खेतबारीमा काम गर्दा कमै मात्रामा सामाजिक दुरी कायम गरेको देखिन्छ ।

Skip This
Skip This
Logo