राष्ट्रिय सभाको सीट बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बस्दै

राष्ट्रिय सभाको सीट बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभामा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको निर्णायक बैठक आज बस्दैछ। बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

लेखकका अनुसार राष्ट्रिय सभामा एमालेसँगको सहकार्य नहुने निष्कर्षमा पुगेपछि आपसमै सिट बाँडफाँड गर्नेबारे गठबन्धनमा निर्णायक वार्ता हुन लागेको हो । एमालेले सबै सिटमा एक्लै उम्मेदवारी दिने निर्णय गरेपछि गठबन्धनले तत्कालका लागि एमालेसँगको सहकार्य टुङ्ग्याएको हो।

एमाले सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको थियो । यसअघि काँग्रेस र माओवादीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गराउन एमालेको सहयोग खोजेका थिए । एमालेले गठबन्धनसँग ६ सिट मागेको थियो ।

Skip This
Skip This
Logo