आमजनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनुपर्छः रवि लामिछाने

आमजनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनुपर्छः रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्लाहीको बरहथवा घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।  शनिबार सामाजिक सञ्जालमार्फत उनले घटनासँग सम्बन्धित सबैलाई जवाफदेही बनाउन पनि माग गरेका हुन्।

“लोकतन्त्रमा राज्यको यो खालको छाडा प्रवृत्ति स्वीकार गर्न सकिँदैन। विरोध व्यवस्थापन गर्न नसक्ने र आमजनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनैपर्छ,”उनले लेखेका छन्।

बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शय्याको अस्पतालका विषयमा विवाद हुँदा शुक्रबार प्रहरीले गोली चलाएको थियो। गोली लागेर प्रदर्शनकारी बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो।

Logo