भारतको गुजरातमा शक्तिशाली भूकम्प

भारतको गुजरातमा शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली ।

भारतको गुजरातको राजकोटमा स्थानीय समय अनुसार आइतवार बेलुका ८ बजेर १३ मिनेट जाँदा ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

त्यसको कम्पन कुच , सौराष्ट्र र अहमदावादसम्म महशुस गरिएको राष्ट्रिय भुगर्भ केन्द्रले जनाएको छ । यसको केन्द्रविन्दु राजकोटदेखि १ सय २२ किमि उत्तर पश्चिममा रहेको बताइएको छ ।

घटना लगत्तै गुजरातका मुख्यमन्त्री विजय रुपानीले राजकोट , कुच र पाटन जिल्लाका प्रशासन प्रमुखहरुलाई टेलिफोन गरी वस्तुस्थितीबारे जानकारी हासिल गरेका थिए । भूकम्पबाट भएको जनधनको क्षतिबारे विवरण प्राप्त भएको छैन ।एजेन्सी

Logo