मिडल्सब्रगसँग चेल्सी १-० गोल अन्तरले पराजित

मिडल्सब्रगसँग चेल्सी १-० गोल अन्तरले पराजित

केन्द्रबिन्दु
0
Shares

लिग कप (कारबाओ) को सेमिफाइनलको पहिलो लेगमा चेल्सी पराजित भएको छ। गएराति भएको खेलमा चेल्सी मिडल्सब्रगसँग १–० गोल अन्तरले पराजित भएको हो।

पहिलो हाफको ३७ औं मिनेटमा मिडल्सब्रगले गरेको १ मात्र गोल नै निर्णायक भयो। उसका लागि हेडन ह्याक्नीले गोल गर्दै अग्रता दिलाएका थिए। 

सोही अग्रता अन्तिमसम्म कायम राख्दै मिडल्सब्रगले पहिला लेगमा जित निकाल्न सफल भयो। अब दोस्रो लेगको खेल जनवरी २४ मा हुनेछ। उक्त खेलमा कम्तिमा चेल्सीले २–० को जित निकाल्दा मात्रै फाइनल पुग्छ। 

बराबरी वा हारले भने चेल्सीको फाइनल खेल्ने सपना साकार हुने छैन। उता, मिडल्सब्रगले भने बराबरी वा जितले फाइनल पुग्ने छ। दोस्रो खेल २४ तारिखमा हुनेछ। सेमिफाइनल अन्तर्गतकै अर्को खेलमा आज फुलह्याम र लिभपुल खेल्ने छन्।  

Skip This
Skip This
Logo