सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपीओ खुला

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपीओ खुला

केन्द्रबिन्दु
0
Shares

सर्वोत्तम सिमेन्टको आईपीओ बुधबार बिक्री खुला भएको छ।कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो।

सर्वोत्तमको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ। उक्त आइपीओमा कार्यालय समय भित्र आवेदन दिन सक्नेछन्। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ९ लाख ३० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो।

यस आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। सर्वोत्तम सिमेन्टले पहिलो पल्ट बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको हो। स्थानीय र वैदेशिक रोजगारीमा गएकालाई आईपीओ जारी गरिसकेपछि सर्वसाधारणका लागि खुला हुनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। इक्रा नेपालले सर्वोत्तमलाई वित्तीय दायित्व वहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउने ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ।

उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा माघ १० गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिमा सबै सेयर बिक्री नभएमा माघ २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नवलपरासी जिल्लाको ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

जसमा उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाको लागि छुट्याएको छ।

कम्पनीले २ लाख ६७ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्कासन गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने माघ १० गतेभित्र आवेदन दिनुपर्नेछ।

सर्वोत्तमको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ। यस कम्पनीको आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। 

यस्तै, खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह-निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छन्।

Skip This
Skip This
Logo