५२ प्रतिशतले बढ्याे यति कार्पेटकाे व्यापार

५२ प्रतिशतले बढ्याे यति कार्पेटकाे व्यापार

केन्द्रबिन्दु
0
Shares

नेपालका स्थापित व्यावसायिक घराना केडिया र रिलायन्स ग्रुपको लगानी रहेको यति कार्पेट प्राइभेट लिमिटेडको व्यापार ह्वात्तै बढेको छ ।  गत आर्थिक वर्ष २०२२ को तुलनामा आर्थिक वर्ष २०२३ मा कम्पनीको आम्दानी ५२ प्रतिशत अर्थात १५ करोड ९० लाख रुपैयाँले बढेको हो ।

२०२३ मा यतिले ४६ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जबकी कम्पनीले २०२२मा ३० करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०२१ मा यस्तो आम्दानी १९ करोड २० लाख रुपैयाँ थियो ।  । आर्थिक शिथिलताका बाबजुद  पनि कम्पनीले आफ्नो व्यापार उल्लेख्य बढाएको छ ।

आर्थिक वर्ष २०२० सालदेखि सञ्चालनमा आएको कम्पनीले फाइबर र धागोजस्ता कच्चा पदार्थ आयात गरेर कार्पेट/गलैंचा उत्पादन गर्दै आएको छ । उद्योग मधेस प्रदेशको वीरगन्जमा रहेको छ । यती कार्पेटमा अनिल कुमार केडियाको २५ प्रतिशत, आयुष केडियाको १५ प्रतिशत, नरेन्द्रकुमार अग्रवाल र लोकेश तोदीको समान १३/१३ प्रतिशत सेयर स्वामित्व छ । 

Skip This
Skip This
Logo