सामसुङ ए सिरिजले ल्यायो ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५एस

सामसुङ ए सिरिजले ल्यायो ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५एस

केन्द्रबिन्दु
0
Shares

सामसुङको ग्यालेक्सी ए सिरिजले डिसेम्बर महिनामा ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५एस थप्ने भएको छ।

सुलभ मूल्य र विशेषताका साथ दुई नयाँ मोडलहरूको उपलब्धता सँगसँगै सामसुङको इन्ट्री–लेभलका फोन समूहले प्रतीक्षित अपडेट प्राप्त गर्ने भएका हुन्।

ग्यालेक्सी ए०५ मा दुई प्रकारको मेमोरी ४-६४ जिबि र ६-१२८ जिबि रहनेछन् भने ग्यालेक्सी ए०५एस मा ४-१२८ जिबि र ६-१२८ जिबि मेमोरी रहनेछन्।

दुवै ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५एस मा क्रमशः ६.७ इन्च र ६.७२ इन्चको स्क्रिनसहितको ५० एमपि प्राइमरी क्यामरा जडित छन्। दुवै नयाँ स्मार्टफोनहरूले अतिरिक्त स्टोरेज विकल्पसहितको माइक्रो एसडिका साथ १ टिबि बाह्य मेमोरीलाई समर्थन गर्ने सामसुङले जनाएको छ।

ग्यालेक्सी ए०५ मा भएको ५० एमपी क्यामरा रहनेछ भने ग्यालेक्सी ए०५एसको म्याक्रो लेन्स र अगाडि पट्टी १३ एमपि क्यामरा रहनेछ।सामसुङका अनुसार दुवै नयाँ मोडलहरूमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ।

सामसुङ ग्यालेक्सी ए०५ को बजार मूल्य ४-६४ जिबिको लागि १४,९९९ रूपैयाँ पर्नेछ भने ६-१२८ जिबिको लागि १८,९९९ रूपैयाँ रहेको छ। त्यस्तै, ग्यालेक्सी ए०५ एसको बजार मूल्य ४-१२८ जिबिको लागि २१,९९९ रूपैयाँ रहेको छ भने ६-१२८ जिबिको लागि २३,९९९ रूपैयाँ कायम गरिने छ।

Skip This
Skip This
Logo