प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु हुने बताएका छन्। बुधबार संसद्को कानून समितिकाे बैठकमा बोल्दै प्रधानमन्त्रीले यस्तो विश्वास व्यक्त गरेका हुन्।
‘मलाई विश्वास छ आउने केही दिनमा पञ्चेश्वरको ब्रेक थ्रू हुन्छ। त्यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पर्छ’, प्रधानमन्त्रीको दाबी छ। पञ्चेश्वर परियोजना ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ।
समितिमा प्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण र विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणले नेपाल भारत सम्बन्ध थप बलियो बनाउने आधार प्रस्तुत भएको बताए। त्यसक्रममा उनले १० हजार मेगावाट बिजुली निर्यात गर्न सफल भएको बताए।































प्रतिक्रिया