प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहि दिनभित्रै पञ्चेश्वरले ब्रेक थ्रु पाउने दाबी गरेका छन् ।
बुधबार संसद्को कानून समितिमा भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणका क्रममा गरिएको सम्झौताहरुबारे जानकारी दिँदै पञ्चेश्वर अब अन्तिम चरणमा रहेको बताए । त्यसक्रममा उनले केही दिनभित्र नै पञ्चेश्वरको ब्रेक थ्रु हुने बताएका हुन् ।
उनले भने,‘ पञ्चेश्वर अव अन्तिम चरणमा छ । डिपीआर फाइनल गर्ने कुरा हामी सबैलाई थाहा छ । यो दुवै देशको राष्ट्रिय हितमा छ । मेरो भारत भ्रमणको क्रममा जो वातावरण बन्यो त्यो कारणले पञ्चेश्वर अगाडि बढ्दैछ । मलाई विश्वास छ आउने केहीदिन भित्र पञ्चेश्वरको ब्रेक थ्रु हुन्छ ।’
उनले पञ्चेश्वरले ब्रेक थ्रुले नेपालको अर्थतन्त्रमा दिर्घकालिन सकारात्मक असर पार्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले मुर्रा कहिले आउँछ भन्दै उठाएको प्रश्नको उत्तर दिँदै भने,‘तपाईंहरुले सदनमा पनि ठट्टा गर्दै कुरा उठाउनुभएको थियो । मुर्रा चाहीं आइसकेको छ ।’































प्रतिक्रिया