मदन पुरस्कार विजेता पूर्वडीआईजी शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर, ३ वर्ष कैद

मदन पुरस्कार विजेता पूर्वडीआईजी शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर, ३ वर्ष कैद

केन्द्रबिन्दु
0
Shares

पूर्वडीआईजी महेश विक्रम शाह भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका छन् । बुधबार विशेष अदालतले भ्रष्टाचार आरोपमा मदन पुरस्कार विजेतासमेत रहेका पूर्वडीआईजी शाहलाई तीन वर्ष जेल सजाय सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहलगायतविरुद्ध १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ । शाहसहित प्रहरीका पूर्वसई दीपेन्द्रप्रसाद पनेरुलाई क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा दोषी ठहर गरेको थियो ।

अख्तियारले २० फागुन २०७६ मा यो मुद्दा विशेष अदालतमा दायर गरेको थियो । यो मुद्दाका आरोपित प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशंखेले भने सफाइ पाएका थिए 

Skip This
Skip This
Logo