अपर तामाकोशीको लिलामी सेयर भर्ने आज अन्तिम दिन

अपर तामाकोशीको लिलामी सेयर भर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

अपर तामाकोशी हाइड्रोपावरको सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। 

कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा ल्याएको र आज यसमा आवेदन दिने अन्तिम दिन रहेकोले छुटेका वा उत्सुक हुने लगानीकर्ताहरुले यसमा आवेदन दिन सक्ने छन्। 

कम्पनीले पुस १३ गतेदेखि लिलामी बिक्री खुला गरेको थियो। यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका छन्। यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। 

हाइड्रोपावरले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो। यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ। न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। 

जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो। सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो।

Skip This
Skip This
Logo